माछापुच्छ्रे बैंकको साधारण सभा पुस २९ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

बैंक / वित्त

माछापुच्छ्रे बैंकको साधारण सभा पुस २९ गते, यस्ता छन् एजेण्डा

काठमाडौं। माछापुच्छ्रे बैंकले पुस २९ गते २४ औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले सभा काठमाण्डौको भद्राकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको हो।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। यो आर्थिक वर्ष अन्त्यसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश प्रदान नगर्ने निर्णय बैंकले गरेको थियो।

सभाले सञ्चालक समितिका संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्न, गाभिन र प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सोसम्बन्धी निर्णय गर्न तथा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभा प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गते ९पुस १५ गते शुक्रबार र १६ गते शनिबार०सम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : ८ पुस २०७९, शुक्रबार १३:२१ 23 December, 2022 1:21 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।