बैंकर्स संघको कार्यवहाक अध्यक्षमा सुनिल केसी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकर्स संघको कार्यवहाक अध्यक्षमा सुनिल केसी



काठमाडौं । नेपाल बैंकर्स संघको कार्यवहाक अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी नियुक्त भएका छन् । शुक्रबार बसेको संघको बैठकले अर्को अध्यक्ष चयन नभएसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी केसीलाई दिएको हो ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको कार्यकाल सकिएको छ । योसँगै उनी वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको अध्यक्षबाट बाहिरिएका छन् ।

प्रकाशित : ८ पुष २०७९, शुक्रबार १२:३८