तीन वटा स्क्रिन भएको ल्यापटप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

तीन वटा स्क्रिन भएको ल्यापटप



एजेन्सी। गेमिङ कम्प्यूटर बनाउने कम्पनी रेजरले एक अलग किसिमको ल्यापटप ल्याएको छ। अमेरिको लस भेगसमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शोमा सार्वजनिक गरिएको यो ल्यापटपमा तीनवटा स्क्रिन छन्। तीनवटै ४के स्क्रिन भएको यस्तो खालको पोर्टेबल ल्यापटप विश्वमै पहिलो भएको कम्पनीको दाबी छ।

बीचको स्क्रिनबाहेक अन्य दुई स्क्रिन स्लाइड गर्न मिल्ने छन्। तीनै स्क्रिन १७ इन्चका छन्। तीन स्क्रिन भएपनि यो फोल्ड गर्दा भने मात्र १.५ इन्चको हुन्छ।

प्रकाशित : 8 January, 2017 11:14 am