दुई कम्पनीको शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई कम्पनीको शेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मल्टीपर्पस फाइनान्स र कालिका पावरको शेयर कारोबार रोक्का गरेको छ । दुबै कम्पनीले धितोपत्र मूल्यमा प्रभाव पार्ने गरी सूचना सार्वजनिक गरेको भन्दै कारोबार रोक्का गरेको हो ।

नेप्सेले के कारणले समयमा नै जानकारी दिन नसकेको हो तीन दिनभित्र स्पष्टीकरण पेश गर्नसमेत निर्देशन दिएको छ ।

प्रकाशित : ७ पुष २०७९, बिहीबार १६:३७