बर्दिबास उद्योग वाणिज्य संघको अध्यक्षमा खड्का निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बर्दिबास उद्योग वाणिज्य संघको अध्यक्षमा खड्का निर्वाचित



काठमाडौं । बर्दिबास उद्योग वाणिज्य संघको अध्यक्षमा विष्णुबहादुर खड्का विजयी भएका छन् । कृष्णप्रसाद गौतमलाई १२१ मतान्तरले पराजित गर्दै अध्यक्षमा खड्का निर्वाचित भएका हुन् ।

खड्काले ७३४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी गौतमले ६१३ मतमा सिमित भए ।

यस्तै, सदस्यहरूमा सन्तोष कुमार श्रेष्ठ ९१४, दिपक कार्की ८५८, सन्तोष सिग्देल ८५६, उत्तम कुमार श्रेष्ठ ८५३, रञ्जितराज ढुङ्गाना ७५०, शैलेस दाहाल ७५६, गुञ्ज बहादुर कार्की ७३०, सुरज खड्का ७२७, चन्द्रबहादुर खड्का ७१७, उषा ढकाल ६९६, चौधरी महतो ६९५ र वेचु बल ६७५ मत ल्याएर निर्वाचित भएका हुन् ।

१ हजार ७६९ मतदाता रहेको बर्दिबास उद्योग वाणिज्य संघको चुनावमा १ हजार ४७३ जनाले मतदान गरेका थिए ।

प्रकाशित : ७ पुष २०७९, बिहीबार १५:१०