राष्ट्रिय वाणिज्य बैंकले १२.५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंकले १२.५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १२.५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले ५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्र्न बैंकले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, दरबारमार्ग स्थित बैंकको सभा हलमा दिउँसो २ बजेबाट सुरु हुनेछ । सभामा बैंकले लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

त्यस्तै, नेपाल सरकारबाट सेयर पुँजीमा लगानीबापत प्राप्त १ अर्ब रुपैयाँलाई यस बैंकको जारी पुँजी र चुक्ता पुँजीमा थप गर्ने प्रस्ताव पनि रहेको छ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि हुनेछ । सभा प्रयोजनका लागि बै‌कले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १७ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : ७ पुष २०७९, बिहीबार १३:४१