इन्भेष्टमेन्ट बैंकको साधारणसभा सम्पन्न, ११ प्रतिशत लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

इन्भेष्टमेन्ट बैंकको साधारणसभा सम्पन्न, ११ प्रतिशत लाभांश



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ३६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष पूथ्वी बहादुर पाँडेको अध्यक्षमा काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको बैठकले विभिन्न वित्तीय विवरण पारित गर्दै सम्पन्न गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । साथै बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी सम्पूर्ण विवरण पारित गरेको हो ।

बैंकको अधिकृत पूँजी १८ अर्ब ५० करोडबाट वृद्धि गरी ५० अर्ब पुराउने र सो को लागि बैंकको प्रबन्धपत्रको दफा ५ (क) मा संशोधन गर्ने विशेष प्रस्तव समेत पारित गरेको हो । बैंक र मेगा बैंक नेपाल एकआपसमा गाभ्ने र गाभिने प्रयोजनको लागि मूल्याङनकर्ता पिकेएफ टी.आर उपाध्याय एण्ड कम्पनी, चार्टड एकाउन्टेण्ट्सले तयार गरेको दुबैं संस्थाको चल अचल निर्धारण गरिएको शेयर स्वाप रेसियो १०० बराबर ९० हुने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति दिने प्रस्ताव समेत पारित गरेको हो ।

कोरोनाको विकराल अवस्था तथा देशको अर्थतन्त्र नै धरापमा परेको बेला बैंकले दिएको उक्त लाभांश शेयरधनीहरुले खुसी भएर पारित गरेका हुन ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गरेको हुदाँ मंसिर २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्ताव लाभांश प्राप्त गरेका हुन ।

प्रकाशित : ७ पुष २०७९, बिहीबार १३:३६