सिडीएसले १०० प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिडीएसले १०० प्रतिशत लाभांश दिने



काठमाडाैं । नेप्सेको सहायक कम्पनी सिडीएस एण्ड क्लियरिङ लिमिटेडले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १०० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

यो कम्पनीमा नेप्सेको शतप्रतिशत लगानी रहेकोले सम्पूर्ण लाभांश रकम नेप्सेले नै पाउने छ । कम्पनीले पुस २८ गते आफ्नै कार्यालयमा सभा आह्वान गरेको छ ।

नेप्सेले पनि आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १०० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रकाशित : ७ पुष २०७९, बिहीबार १२:०१