एनआईसी एशिया बैंकले पुस २९ गते साधारणसभा गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया बैंकले पुस २९ गते साधारणसभा गर्ने



काठमाडाैं । एनआईसी एशिया बैंकले पुस २९ गते साधारणसभा गर्ने भएको छ । बैंकले काठमाडौँको तिलगंगामा रहको होटेल आनन्द प्रालिमा सभा आह्वान गरेको हो ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १८ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । बैंकले लाभांश प्रस्ताव गरेको छैन ।

बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आ.व २०७८ / ७९ को मुनाफाबाट बैंकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । बैंकले गत वर्ष पनि लाभांश दिएको थिएँन ।

प्रकाशित : ७ पुष २०७९, बिहीबार ११:५७