मिर्मिरे लघुवित्तको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मिर्मिरे लघुवित्तको लाभांश घोषणा



काठमाडाैं । मिर्मिरे लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ६ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट २३ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ५३ करोड १२ लाख ५ हजारको २३ प्रतिशतले हुन आउने १२ करोड २१ लाख ७७ हजार रुपैयाँ बराबरको बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको हो ।  संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा मर्जर तथा प्राप्ती कार्य सम्पन्न गरी दुई संस्था प्राप्ती गरी एकिकृत कारोवार शुरु गरेको हुँदा आयकर ऐन २०५८ बमोजिम शेयरधनीलाई बोनश वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनको लागि नगद लाभांस नछुट्याइएको कम्पनीले जनाएको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा  बितरण हुने छ । 

प्रकाशित : ७ पुष २०७९, बिहीबार ११:३७