कुमारी बैंकलाई एनसीसी बैंक गाभ्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकलाई एनसीसी बैंक गाभ्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति



काठमाडौं। कुमारी बैंकमा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक गाभ्न नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ। कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले अन्तिम स्वीकृतिको पुष्टि गर्दै एकीकृत कारोबार पुस १७ गतेबाट हुने जानकारी दिए।

दुई बैंक गाभिएपछि नाम कुमारी बैंक हुने छ। चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।


मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन्। उनी एनसीसी बैंकका प्रमुख कार्यकारी हुन्। कुमारीका खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन्। एनसीसी बैंकका बरिष्ठ अधिकारीहरुले स्वेच्छिक अवकाश लिइसकेका छन्।

प्रकाशित : ७ पुष २०७९, बिहीबार ११:३३