प्रभु बैंकले टाटाको इलेक्ट्रिक गाडी किन्न ऋण दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकले टाटाको इलेक्ट्रिक गाडी किन्न ऋण दिने



काठमाडौं । प्रभु बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय सवारी साधनमा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

साे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट महाप्रबन्धक शावन्तजंग सिजापतिले उसाे सम्झौतामा हस्ताक्षर गरेका छन्। प्रभु बैंक र सिप्रदी ट्रेडिङबीच सम्पन्न साे सम्झौताअनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकहरुले टाटा मोटर्सअन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

साे बैंकको देशभर रहेका २ सय १७ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : ७ पुष २०७९, बिहीबार ११:२९