राष्ट्रिय सहकारी बैंककाे अध्यक्षमा के.बी. उप्रेती निर्विरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंककाे अध्यक्षमा के.बी. उप्रेती निर्विरोध



काठमाडौ । राष्ट्रिय सहकारी बैंक अध्यक्षमा के.बी. उप्रेती निर्विरोध भएका छन्।

पुस १६ गते हुने बैंककाे निर्वाचन सहितको साधारण सभाकाे लागि आज उम्मेदवारी मनाेनयकाे कार्यतालिका थियाे । निर्धारित समयमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष उप्रेतीको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएकाे हाे । एक जनाकाे मात्रै उम्मेदवारी परेपछि आगामी ४ वर्षकाे लागि उप्रेती अध्यक्ष बन्ने निश्चित भएकाे छ । निर्वाचित भएकाे आधिकारिक रुपमा पुस १८ मात्र घाेषणा हुने कार्यतालिका छ ।

त्यस्तै मधेस प्रदेशबाट विश्वनाथ मण्डल र गण्डकी प्रदेशबाट रामबहादुर जिसि पनि निर्विरोध भएका छन् । अन्य सञ्चालक पदमा भने निर्वाचन हुने देखिएकाे छ । उम्मेदवारी फिर्ता लिने समयकाे पुस ७ गते बेलुका ५ बजेसम्म रहेकाे निर्वाचन उप समितिले जनाएकाे छ ।

बैंककाे १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिकाे निर्वाचन पुस १६ गते हुँदैछ ।

प्रकाशित : ६ पुष २०७९, बुधबार १७:३५