सेन्ट्रल फाइनान्सको शेयर कारोबार रोक्का राख्दै नेप्सेले सोध्यो स्पष्टिकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेन्ट्रल फाइनान्सको शेयर कारोबार रोक्का राख्दै नेप्सेले सोध्यो स्पष्टिकरण



काठमाडौं । लाभांश घोषणा गरेको सेन्ट्रल फाइनान्सको शेयर कारोबार नेप्सेले रोक्का राख्दै स्पष्टिकरण सोधेको छ । लाभांश बारे गरेको निर्णय सोहि दिन वा अर्को दिन बजार खुल्नु भन्दा अगाडी दिनु पर्ने ब्यबस्था छ ।

तर, कम्पनीले उक्त निर्णय चौथो दिन मात्र जानकारी गराएपछि नेप्सेले कम्पनीलाई स्पष्टीकरण सोध्दै कारोबार रोक्का गरेको हो ।

आज कम्पनीको ५ वटा कारोबारबाट ५१० कित्ता शेयर कारोबार भएको छ । त्यसपछि नेप्सेले कारोबार रोक्का राखेको हो ।

प्रकाशित : ६ पुष २०७९, बुधबार १६:५३