एनसीसी बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनसीसी बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनसीसी बैंकको बोनस शेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको ३७ लाख ५० हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३.३६६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त शेयर डिम्याट खातामा आएपछि कारोबार गर्न सकिने छ ।

प्रकाशित : ६ पुष २०७९, बुधबार १६:४१