मंसिरमा राष्ट्रिय सहकारी बैंकको तरलता १९.८६ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मंसिरमा राष्ट्रिय सहकारी बैंकको तरलता १९.८६ प्रतिशतले बढ्यो



काठमाडाैं । राष्ट्रिय सहकारी बैंकमा १९.८६ प्रतिशतले तरलता वृद्धि भएको छ । गत कात्तिकको तुलनामा मंसिर महिनामा बैंकको तरलता १९.८६ प्रतिशतले बृद्धि भई ८ अर्ब ८ करोड १० लाख रुपैयाँ पुगेको छ । कात्तिकमा बैंकसँग ७ अर्ब ४८ करोड ६४ लाख (१८.३९ प्रतिशत) तरलता थियो ।

कात्तिकको तुलनामा बैंकको निक्षेप तथा कर्जा लगानी भने घटेको छ । मंसिर महिनामा ४० अर्ब ६८ करोड १० लाख रुपैयाँ बचत संकलन गरी ३४ अर्ब ७९ करोड ४८ लाख रूपैयाँ कर्जा लगानी गरेको बैंको विवरणमा उल्लेख छ अघिल्लो महिना अर्थात् कात्तिकमा बैंकले ४० अर्ब ७० करोड ७९ लाख बचत संकलन गरी ३५ अर्ब १० करोड २२ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

बचत संकलन घट्न थालेपछि बैंकले पछिल्लो समय नयाँ कर्जा प्रवाह बन्द गर्दै असुलीमा जोड दिएको छ । कर्जा लगानी घटाएर बचत र ऋण असुलीमा प्राथमिकता दिएसँगै सहकारी बैंकको तरलतामा सुधार आएको हो ।

प्रकाशित : ६ पुष २०७९, बुधबार १६:०४