‘स्वोनिगा लाउन्ज’मा एनएमबि बैँकका ग्राहकलाई २० प्रतिशतसम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

‘स्वोनिगा लाउन्ज’मा एनएमबि बैँकका ग्राहकलाई २० प्रतिशतसम्म छुट



काठमाडौं । एनएमबी बैँक र आन्तरिक विमानस्थल भित्र अवस्थित ‘स्वोनिगा लाउन्ज’ बीच २० प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार एनएमबि बैँकका ग्राहकले ‘लाउन्ज’ सेवाका साथै भिसा डेबिट कार्ड वा क्रेडिट कार्ड मार्फत पेमेन्ट गर्दा २० प्रतिशत सम्मको छुट पाउने छन ।

सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुबास श्रेष्ठले हस्ताक्षर गरेका हुन । हाल बैंकले २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ६ पुष २०७९, बुधबार १५:५९