वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुला



काठमाडाैं । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १ सय रूपैयाँ अङ्कित दरमा ५८ हजार ५८ कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने ४ लाख कित्ता र यसअघि स्थानीयमा निष्कासन गरी बिक्री नभएको १ लाख ८० हजार ५ सय ८० कित्तासहित कुल ५ लाख ८० हजार पाँच सय ८० कित्ताको १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख गरेको छ ।

निष्कासित सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले यही पुस २० गतेसम्म अधिकतम पाँच हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएन्पी बीबी प्लस आईएस्’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका–९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’ बाट २०६८ साउन १ गतेदेखि ९ सय ९० किलोवाट क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ ।

कसरी दिने आवेदन ?

वैदेशिक रोजगारिमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा ‘मेरो शेयर’मार्फत शेयर खदिरको आवेदन दिन सकिन्छ ।

विदेशमा रोजगारी गरिरहेका नेपालीले विप्रेषण ९रेमिट्यान्स०बचत खाता खोली त्यसमा दर्ता गरिएको सिआरएन नम्बर उल्लेख गरेर अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरी शेयर खरिद आवेदन दिन सकिने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।

त्यसमा आफ्नो रेमिट्यान्स बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा ५० हजार रूपैयाँआफू रोजगारमा रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने अथवा सार्वजनिक निष्कासनको अन्तिम मितिभित्र रोजगारमा रहेको देशबाट रकम जम्मा गरी आवेदन दिन सकिने व्यवस्था गरेको धितोपत्र बोर्डले जनाएको छ ।

प्रकाशित : ६ पुष २०७९, बुधबार १४:२५