सेन्ट्रल फाइनान्सको लाभांश घोषणा, कति दियो नगद लाभांश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेन्ट्रल फाइनान्सको लाभांश घोषणा, कति दियो नगद लाभांश ?



काठमाडौं । सेन्ट्रल फाइनान्सले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पुस ३ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । गत वर्ष यस कम्पनीले ७.७ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ६ पुष २०७९, बुधबार १३:५३