अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रति महासंघको ध्यानाकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रति महासंघको ध्यानाकर्षण



काठमाडौं । कैलालीको अत्तरियामा पुस ३ मा सुन व्यापारी विकास सुनारलाई अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रति सुनचाँदी व्यवसायी महासंघले विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सुनारलाई अत्तरिया चोक पूर्व तर्फ प्रेट्रोल पम्पको नजिक अपरिचित लुटेराहरु बन्दुक सहित मोटरसाईकलमा आएर एक्कासी गोली प्रहार गरी घाईते बनाई साथमा रहेको सुन चाँदी नगद, पसलको चाबी लुटेर फरार भएका थिए ।

यसबाट उक्त प्रदेश मात्र नभई समस्त देशभरीका सुन चाँदी व्यवसायीहरुको धन जनको सुरक्षामा गम्भिर प्रश्न चिन्ह खडा भएको महासंघले जनाएको छ । साथै, यस्ता सांघातिक घटना यस अघि पनि मुलुकका विभिन्न सुनचाँदी व्यवसायीहरु माथि बारम्बार हुँदै आएका छन् । यस्ता घटनाले आम सुनचाँदी व्यवसायीहरुको आत्मबल कमजोर बनाई व्यवसाय नै कसरी सुरक्षित भई संचालन गर्ने भन्ने वातावरण बनाएको महासंघको विज्ञप्तीमा उल्लेख छ ।

यसर्थ मुलुकमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउनु र दोषीलाई अबिलम्ब पक्राउ गरी कारवाही गर्न महासंघले सरकारसँग माग गरेको छ । साथै, लुटेराहरुको अबिलम्ब पहिचान गरी यथाशिघ्र कारबाही गरेर कानुनी राज्यको अनुभूति दिलाई क्षतिपुर्तिको माग पनि गरेको छ । घाईते व्यवसायीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र व्यवसायीहरुलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन पनि महासंघले सरकारसँग माग गरेको छ ।

प्रकाशित : ६ पुष २०७९, बुधबार १३:३८