मेरो माइक्रोफाइनान्स लघुवित्तको २० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मेरो माइक्रोफाइनान्स लघुवित्तको २० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

प्रकाशित : ६ पुष २०७९, बुधबार ११:०८