काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलवार दोहोरो अंकको सुधार भएको छ ।
शेयर बजार दोहोरो अंकले बढे पनि कारोबार एक अर्ब पनि पुग्न सकेन । दोहोरो अंकले माथि उक्लेको हो भने कारोबार ९३ अर्बमै समेटिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.२२ अंकले बढेको छ । ०.७६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८७३.११ अंकमा उक्लिएको छ ।
आज २५७ कम्पनीका ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८ लाख ३९ हजार ९ सय १.१४ रुपैयाँ बराबरको कारोबार भएको हो ।
नेप्सेका अनुसार आँधिखोला लघुवित्त, सिर्जनशील लघुवित्त र धौलागिरि लघुवित्तमा पोजेटिभ सर्किट लागेको छ । ती कम्पनीका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.९९ प्रतिशतले नाफा कमाएका छन् भने सनराइज ब्लूचिप फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.६७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड ३८ लाख ३७ हजार २ सय १८.६० रुपैयाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन आइतबार २७.५४ अंकले बजार घट्दा १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९.०९ रुपैयाँ र हिजो सोमबार ३.८३ अंकले बजार बढ्दा ८८ करोड ६० लाख ९८ हजार ५ सय ६८.३८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।





Comment