फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा पुस ३० गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा पुस ३० गते, यस्ता छन् एजेण्डा



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले पुस ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा बिहान १० बजे सुरु गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।

यस्तै, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव रहेको छ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

सभा प्रयोजनका लागि फर्स्टले पुस १७ गते आइतबार बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १४ गतेसम्म नेप्सेमा सेयर खरिद गरी कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : ५ पुष २०७९, मंगलवार १२:३४