सिभिल बैंकको ५.२६ प्रतिशत लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल बैंकको ५.२६ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सिभिल बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रकाशित : ५ पुष २०७९, मंगलवार १२:२७