राष्ट्रिय सहकारी बैंकको निर्वाचन मतदाता नामावली प्रकाशन, यसरी हेर्नुस सूची « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंकको निर्वाचन मतदाता नामावली प्रकाशन, यसरी हेर्नुस सूची



काठमाडाै । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभामा हुन गईरहेको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचनको लागि बैंकले मतदाता नामावली प्रकाशन गरेको छ । बैंकले निर्वाचनको प्रयोजनका लागि बैंकको निर्वाचन कार्यविधिको दफा ६ बमोजिम यो मतदाताको पहिलो नामवाली बैंकले बिहान १० बजे प्रकाशन गरेको हो । बैंकले मतदाताको पहिलो नामवाली उपत्यकाको हकमा बैंकको केन्द्रीय कार्यालय र उपत्यका बहिरको हकमा बैंकको शाखा कार्यालयहरु मार्फत प्रकाशित गरिएको हो ।

बैंकले प्रकाशन गरेको मतदाताको पहिलो नामवाली अनुसार बैंकको सदस्यहरुले प्रदेश १ मा २५५२ सदस्य, मधेश प्रदेशमा २०३९ सदस्य, बागमती प्रदेशमा ६५०७ सदस्य, गण्डकी प्रदेशमा १५३५ सदस्य, लुम्बिनी प्रदेशमा १८४१ सदस्य, कर्णाली प्रदेशमा ७४८ सदस्य, सुदूर पश्चिम प्रदेशमा ५०४ सदस्य गरी जम्मा १५७२६ शेयर सदस्यहरुले मतदान गर्न पाउने भएका हुन । बैंकले प्रकाशन गरेको मतदाता नामावली बैंकमा २०७९ मंसिर ९ सम्म आवद्ध भएका शेयर सदस्यहरु रहेका छन ।

साथै, राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा तथा निर्वाचन सम्बन्धी सम्पूर्ण जानकारी तथा विस्तृत विवरणहरु बैंकको आधिकारिक वेबसाईट www.ncbl.coop मा गई हेर्न सकिने निर्वाचन उपसमितिका संयोजक श्री सुमन पौडेलले जानकारी दिनुभएको छ ।

प्रकाशित : ५ पुष २०७९, मंगलवार ११:५१