काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्तको शेयर सूचीकृत भएको छ । सोमबार लघुवित्तको ९१ हजार २०० सय कित्ता शेयर थप भएको हो ।
कम्पनीले साविकको बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई १:०.७६ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिशेयर अंकित तथा चुक्तापूँजी १ सय रुपैयाँका दरको क्रम संस्था ५२ लाख २० हजार ८५६ देखि ५३ लाख १२ हजार ५५ सम्मको कुल ९१ हजार २ सय कित्ता शेयर सूचीकृत भएको हो ।
Comment