आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा, मंगलबारबाट कारोबारमा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा, मंगलबारबाट कारोबारमा आउने



काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सोमबार लघुवित्तको शेयर कारोबार फुकुवा गरेको हो।

योसंगै लघुवित्तको शेयर मंगलबारबाट कारोबारमा आउनेछ। नेप्सेले आँधिखोला लघुवित्तको आधारभूत सेयरधनीहरुको शेयर कारोबार भने रोक्का नै राखेको छ। नेप्सेले आँधिखोला र सिवाईसी लघुवित्त मर्जर प्रक्रियामा रहेका कारण आँधिखोला लघुवित्तको शेयर कारोबार गत असार २३ गतेबाट रोक्का गरेको थियो।

प्रकाशित : 19 December, 2022 4:10 pm