कांग्रेस संसदीय दलको निर्वाचन तालिका सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कांग्रेस संसदीय दलको निर्वाचन तालिका सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चुनावकाे मिति ताेकेकाे छ । कांग्रेसले ६ पुसमा संसदीय दलको निर्वाचनकाे मिति ताेकेकाे हाे ।

आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हाे ।

त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ । मतदान भने पुस ६ गते विहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।

प्रकाशित : ४ पुष २०७९, सोमबार १५:४३