शेयर बजार झिनो अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजार झिनो अंकले बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकको सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बजार ३.८३ अंकले बढेको हो । ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५८.८९ अंकमा उक्लिएको छ ।

आज २५१ कम्पनीका २६ लाख ९९ हजार ३ सय ३१ कित्ता शेयर किनबेच हुँदा ८८ करोड ६० लाख ९८ हजार ५ सय ६८.३८ रुपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेका अनुसार आज धौलागिरि लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने इस्टर्न हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.९७ प्रतिशतले घाटा व्यहोरेका छन् ।

प्राइम कमर्सियल बैंकको आज उच्च कारोबार भएको छ । उक्त बैंकको ६ करोड ९३ लाख ४३ हजार १ सय ३.५० पैसा बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन हिजो आइतबार २७.५४ अंकले बजार घट्दा १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९.०९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

प्रकाशित : ४ पुष २०७९, सोमबार १५:२०