सानिमा बैंकमा को को आए नयाँ सञ्चालक ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंकमा को को आए नयाँ सञ्चालक ?



काठमाडौं । सानिमा बैंक लिमिटेडले संचालकमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेललाई नियुक्त गरेको छ ।

बैैंकको १८औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुका तर्फबाट संचालक समितिमा पोखरेल र उपाध्यायलाई चयन गरेको हो । उनीहरुको कार्यलय ४ वर्षका लागि हुनेछ ।

साथै, बैंकका संचालक भरत कुमार पोखरेल र महेश घिमिरेको कार्यकाल समाप्त भएको बैंकले जनाएको छ ।

प्रकाशित : ४ पुष २०७९, सोमबार १५:०६