मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित



काठमाडौं । मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस २०२१ अन्तर्गत वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको बैंकले जनाएको छ ।

दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड विभिन्न विधाहरुमा प्रस्तुत गरेको थियो । दक्षिण एसियन देशहरुबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहर लाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्यांकनको आधारमा छनोट गरेको हो ।

विधाहरुमा वित्तीय सेवा क्षेत्र मध्येबाट नेपालबाट मुक्तिनाथ विकास बैंकले यो सम्मान प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्यांकनका लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो । उक्त प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए ।

वार्षिक प्रतिवेदन प्रस्तुतगरे बापतबैंकलाई दिइने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ । यसरी अन्तर्रष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरुलाई थप ऊर्जा मिल्ने बैंकले जानाएको छ ।

प्रकाशित : ४ पुष २०७९, सोमबार १४:४७