सुनचाँदीको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर



काठमाडौं। सोमबार सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख रुपैयाँ नै कायम भएको छ।

अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला १० रुपैयाँ बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : ४ पुष २०७९, सोमबार ११:२१