फरवार्ड माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फरवार्ड माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र फरवार्डको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुलाई वितरण हुनेछ । फरवार्डले अघिल्लो वर्ष भने ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रकाशित : ४ पुष २०७९, सोमबार ११:१२