शेयर बजार २७.५४ अंकले घट्यो, सवा अर्ब बढीको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजार २७.५४ अंकले घट्यो, सवा अर्ब बढीको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २७.५४ अंक घटेर १८५५.०६ बिन्दुमा झरेको हो ।

आइतबार कारोबारमा आएका २५० कम्पनीको ३७ लाख ७८ हजार कित्ता शेयर एक अर्ब १५ करोड ७१ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको छ ।

आज, शेयर बजार दोहोरो अंकले घट्दा नेप्सेका १३ वटै उपसमूह पनि राताम्मे भएका छन् । जसमा बैकिङ समूहको १९.५८, विकास बैंक६८.८७, वित्त कम्पनी ४३.९३, जलविद्युत ४०.५३,जीबन बीमा ४०.३६,उत्पादन तथा प्रशोधन ३८.४५, माइक्रोफाइनान्स ५६.२६, निर्जीबन बीमा ६७.०८, अन्य समूहको ३२.३० र ट्रेडिङ समूहको उपसूचक ४.७१ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता २८७.४० रुपैयाँ पुगेको छ । यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को पनि शेयरमूल्य पनि ९.३५ प्रतिशतले बढेर प्रतिकित्ता ८.४२ रुपैयाँ पुगेको छ ।

आज रु रु जलविद्युत परियोजना र पिपुल्स हाइड्रोपावर कम्पनीका लागानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कृषि विकास बैंकको भएको छ। यसको आज ६ करोड २५ लाख ११ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ३ पुष २०७९, आईतवार १५:४१