यस साता पनि दोहोरो अंकले घटेको नेप्से, आगामी साता के होला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यस साता पनि दोहोरो अंकले घटेको नेप्से, आगामी साता के होला ?



काठमाडौं । यो साता नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ । ३३.४३ अंकले घटेको बजारमा २५४ वटा कम्पनीहरुको एक लाख एक हजार ४४४ वटा कारोवार भएको हो ।

जसअनुसार एक करोड १७ लाख ५९ हजार १८५ कित्ता सेयर खरिद बिक्री हुदाँ कारोबार रकम ४ अर्ब ७० करोड ८६ लाख २४ हजार ५२० रुपैंया बराबरको भएको छ ।

कारोबारको पहिलो दिन १९६१.०४ अंकमा खुलेको बजार साताको अन्तिम दिन १.७४ प्रतिशतले घटेर १८८२.६१ अंकमा बन्द भयो । त्यस्तै, यो हप्ता ५ वटै दिन कारोबार भएको नेप्सेमा चार दिन बजार घटेर अधिकांश सूचक राताम्मे भएका थिए भने एक दिन बजार बढेको थियो । यो साता उच्च बिन्दु १९१८.५१ अंक बनाएको नेप्सेले हप्ताकै न्युन बिन्दु १८६८.६५ अंक बनाएको थियो ।

सबैभन्दा धेरै कमाउने टप ५ कम्पनीहरु

यस साता शिर्ष कमाउने कम्पनीहरुमा पहिलो स्थानमा सीवाइसी लघुवित्त वित्तिय संस्था रहेको छ । यसका सेयर लगानीकर्ताले सबैभन्दा बढी मुनाफा आर्जन गरेका छन् । जसको सेयरमुल्य ३८.८५ प्रतिशतले बृद्धि भई प्रतिकित्ता २४०५ रुपैंया पुगेको छ।

त्यसैगरी दोस्रो स्थानमा धौलागिरी लघुवित्त वित्तिय संस्था रहेको छ । यसको सेयर २६.६२ प्रतिशतले बढेर प्रतिकित्ता ४५८.५ रुपैंया पुगेको छ। साथै, रु रु जलविद्युत परियोजनाको सेयर १६.५६ प्रतिशतले बढेको छ भने, अर्को कमाउने कम्पनीमा खप्तड लघुवित्त वित्तिय संस्था पनि रहेको छ । उक्त कम्पनीको यस साता १४.८० प्रतिशतले बृद्धि भएको छ । अन्तिममा यस साता कमाउने कम्पनीमा आर्दश लघुवित्त वित्तिय संस्था रहेको छ भने यसको सेयरमुल्य १४.७६ प्रतिशतले बढेर बन्द भएको छ ।

सबैभन्दा धेरै घाटामा गएका टप ५ कम्पनीहरु

यो साता लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका कम्पनीहरुमा शिर्ष स्थानमा नाडेप लघुवित्त वित्तिय संस्थारहेको छ । यसका सेयर लगानीकर्ताले यो साता सबैभन्दा बढी गुमाएका छन्। जसको सेयरमुल्य १४.२७ प्रतिशतले घटेर प्रतिकित्ता ६७३ रुपैंयाले गिरावट आएको छ ।

त्यसैगरी दोस्रोमा अजोड इन्स्योरेन्स रहेको छ । यसका लगानीकर्ताले ११.४७ प्रतिशतले यो साता घाटा बेहोरेका छन् । तेस्रो स्थानमा ग्लोबल आइएमई व्यालेन्स फण्ड १ रहेको छ । यसको सेयरमुल्य १०.०५ प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै, अर्को नबिल बैंक रहेको छ । यसको सेयर ८.६४ प्रतिशतले घटेको छ । अन्तिममा यस साता घट्ने कम्पनीमा ग्लोबल आइएमई बैंक रहेको छ । जसको सेयरमुल्य ७.०१प्रतिशतले घटेर बन्द भएको छ ।

प्रकाशित : २ पुष २०७९, शनिबार २१:५७