श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको लाभांश घोषणा



काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश दिने भएको छ । फाइनान्सको बिहीबार बसेको सञ्चालक समिति बैठकले २.४० प्रतिशत बोनस शेयर र करसहित ५.२० प्रतिशत नगद गरी कुल ७.६० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । गत वर्ष कम्पनीले ७.७० प्रतिशत बोनस शेयर र करसहित ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित : १ पुष २०७९, शुक्रबार ११:०९