बाग्मती प्रदेशको कृषि बालीको अवस्था कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

बाग्मती प्रदेशको कृषि बालीको अवस्था कस्तो ?



काठमाडौं । बाग्मती प्रदेशमा समग कृषि बालीको उत्पादन २.२ प्रतिशतले घटेको छ । राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अनुुसार खाद्य तथा अन्य बालीको उत्पादन भने ०.१ प्रतिशतले घटेको छ ।

गत वर्ष समग्र कृषि बालीको उत्पादन २.६ प्रतिशतले बढेको थियो । साथैे, खाद्य तथा अन्य बालीको उत्पादन पनि २.६ प्रतिशतले बढेको थियो । खाद्य तथा अन्य बाली : समीक्षा वर्षमा गहुँ ६.९ प्रतिशत, कोदो उत्पादन ०.१ प्रतिशत, जौ ४.१ प्रतिशत, फापर उत्पादन १५ प्रतिशत, भटमास ०.५ प्रतिशत तथा तेलहनको उत्पादन ७.१ प्रतिशत बृद्धि भएको छ ।

त्यस्तै, धान उत्पादन ०.४ प्रतिशत, मकै उत्पादन १.७ प्रतिशत, आलु ०.४ प्रतिशत, उखु उत्पादन ७.७ प्रतिशत, दलहन बालीको उत्पादन ०.८ प्रतिशतले घटेको छ । गत वर्ष मकै उत्पादन ९.१ प्रतिशत, गहँु उत्पादन ०.५ प्रतिशत, कोदो उत्पादन ०.६ प्रतिशत तथा फापर उत्पादन ८.७ प्रतिशतले बढेको थियो ।

यसका साथै, धान उत्पादन ०.१ प्रतिशत, जौको उत्पादन १.१ प्रतिशत, आलु उत्पादन ०.१ प्रतिशत, उखुको उत्पादन ४.६ प्रतिशत, भटमास ०.१ प्रतिशत, दलहन ८.९ प्रतिशत र तेलहन ०.३ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७८÷७९ मा यस प्रदेशमा भएको खाद्य तथा अन्य बालीको उत्पादनमा आलु उत्पादनको हिस्सा ३१.७ प्रतिशत, मकै उत्पादनको हिस्सा ३०.८ प्रतिशत र धान उत्पादनको हिस्सा २३.१ प्रतिशत रहेको छ ।

प्रकाशित : २९ मंसिर २०७९, बिहीबार १७:३४