काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । बजार मापन गर्ने सूचक १४.४८ अंकले घटेर १८८२.६० बिन्दुमा रोकिएको हो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.१५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.८१ अंकले गिरावट आएको छ । २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता शेयर १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँको शेयर किनबेच भएको छ ।
बिहीबार कारोबार भएका सबै समूहको उपसूचक राताम्मे भएका छन् । जसमा बैंकिङ समूहको ५.२९, विकास बैंक २५.७२, वित्त कम्पनी २३.०२, माइक्रोफाइनान्स ३६.९६, जलविद्युत २१.४२, जीवन बीमा १०२.१७, उत्पादन तथा प्रशोधन ६४.०८, निर्जीबन बीमा समूहको उपसूचक ३८.६४ अंकले घटेको छ ।
नेप्सेका अनुसार बिहीबार रु रु जलविद्युत परियोजना र इस्टर्न हाईड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पिपुल्स पावर कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनसीसी बैंकको संस्थापक शेयरको भएको छ । यसको आज २२ करोड ८९ लाख ४२ हजार भन्दा बढीको कारोबार भएको छ ।





Comment