चन्द्रागिरी हिल्सको साधारण सभा पुस २१ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

चन्द्रागिरी हिल्सको साधारण सभा पुस २१ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २१ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सभा चन्द्रागिरी हिल्सको कार्यालय थानकोट परिसरमा दिउँसो ११ बजे बस्ने निर्णय गरेको हो ।

कम्पनीले यस पटक पनि कुनै लाभांश प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, संस्थापक तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा प्रस्ताव हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : २९ मंसिर २०७९, बिहीबार १४:३८