लाभांश प्रस्ताव पारित गर्न एनमबि बैंकले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लाभांश प्रस्ताव पारित गर्न एनमबि बैंकले बोलायो साधारणसभा



काठमाडाैं । एनएमबि बैंकले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत आर्थिक वर्षको नाफाबाट करसहित ८.२५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्ड पनि रहेको छ ।

साथै, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायतमा छलफल हुनेछ । एनएमबिले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : २९ मंसिर २०७९, बिहीबार १४:१०