‘भरतमोहन अधिकारी-नाफिज सहकारी पत्रकारिता –आर्थिक पत्रकारिता पुरस्कार’ रोकाया र घिमिरेलाई प्रदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

‘भरतमोहन अधिकारी-नाफिज सहकारी पत्रकारिता –आर्थिक पत्रकारिता पुरस्कार’ रोकाया र घिमिरेलाई प्रदान



काठमाडौं । भरतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार सन्तोष रोकायालाई र नाफिज आर्थिक पत्रकारिकता पुरस्कार सम्झना घिमिरेलाई प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ साधारण सभा तथा छैठौँ महासभाको अवसरमा रोकाय र घिमिरेलाई पुरस्कार प्रदान गरिएको हो । भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०७९ घिमिरे र भरतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार २०७९ रोकायलाई प्रदान गरिएको हो ।

भरतमोहन स्मृति फाउण्डेसनको आर्थिक सहयोगमा स्थापना गरिएको पुरस्कारको राशी ५०–५० हजार र प्रमाणपत्र रहेको छ । रोकाय विकास न्युजमा आबद्ध रहेका छन् भने घिमिरे शिलापत्र डटकममा आवद्ध छिन् । उक्त पुरस्कारका लागि डेढ दर्जन पत्रकारहरुले आवेदन दिएका थिए । सोमध्ये उत्कृष्ट समाचारलाई छनोट गरेर पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका श्रीधर खनालले बताए । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल लगायतले संयुक्त रुपमा उनीहरुलाई प्रमाणत्रसहित चेक हस्तान्तरण गरेका छन् ।

विकासन्युजकर्मी रोकाया बैंकिङ र सहकारी क्षेत्रलाई मुख्य विधा बनाएर कलम चलाउँदै आएका छन् । रोकायाले पछिल्लो समय सहकारीमा भइरहेको विकृति र सकारात्मक अभ्यासको विषयमा पनि नियमित रुपमा कलम चलाइहरेका छन् ।

नाफिजले भरतमोहन अधिकारी (नाफिज सहकारी पत्रकारिता पुरस्कार र भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार पहिलो पटक घोषणा गरेको थियो । पूर्व अर्थमन्त्री समेत रहेका स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा ‘भरतमोहन अधिकारी स्मृति फाउन्डेसन’को सहकार्यमा नाफिजले यो पुरस्कार प्रदान गरेको हो ।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार १८:०१