वाणिज्य बैंकहरुले स्प्रेड रेट अधिकतम ४.२ प्रतिशत कायम गर्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वाणिज्य बैंकहरुले स्प्रेड रेट अधिकतम ४.२ प्रतिशत कायम गर्नुपर्ने



काठमाडाैं । वाणिज्य बैंकहरुले आगामी चैत महिनाबाटै औसत ब्याजदर अन्तर (स्प्रेड रेट) अधिकतम ४.२ प्रतिशत कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ल्याएको नीति कार्यान्वयन गर्न बुधबार जारी गरेको निर्देशनमा उक्त व्यवस्था गरिएको हो ।

यस्तै, विकास बैंक र फाइनान्सहरुले पनि चैतबाट स्प्रेड दर ४.८ प्रतिशत कायम गर्नुपर्ने निर्देशनमा उल्लेख छ । यस्तै, ब्याजदर अन्तर २०८० असार महिनाबाट वाणिज्य बैंकहरुले ४ प्रतिशत तथा विकास बैंक र फाइनान्स कम्पनीहरुले ४.६ प्रतिशत भन्दा बढी नहुने व्यवस्था गर्नुपर्ने केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार १७:२३