गुराँस लघुवित्तको बोनस शेयर घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गुराँस लघुवित्तको बोनस शेयर घोषणा



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले नाफाबाट बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र गुराँसको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । अघिल्लो वर्ष भने कम्पनीले १६.९१ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार १२:१६