सुनको मुल्य तोलाको एक हजार रुपैंयाले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलाको एक हजार रुपैंयाले बढ्यो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ हजार रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला १ लाख रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मुल्य स्थिर रहँदै चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार ११:५४