एकैदिन तीन कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

एकैदिन तीन कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत भएका छन्। नेप्सेमा इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको हो।

नेप्सेमा श्रृजनशील लघुवित्तको कुल १० लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेले कम्पनीको आइपीओलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ३०२ रुपैयाँदेखि अधिकतममा ९०६ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। लघुवित्तलाई नेप्सेले ‘एसएचएलबी’ कारोबार संकेत प्रदान गरेको छ।

नेप्सेमा इष्टर्न हाइड्रोपावर लिमिटेडको ६२ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि ७२ रूपैयाँ ३३ पैसादेखि अधिकतम २१६ रूपैयाँ ९९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । यो कम्पनीलाई नेप्सेले ‘ईएचपीएल’ कारोबार संकेत प्रदान गरेको छ।

त्यस्तै, नेप्सेमा पिपुल्स हाइड्रोपावरको कुल ३ करोड ३० लाख कित्ता सेयर सूचीकृत भएको छ। पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। कम्पनीलाई नेप्सेले ‘पीएचसीएल’ कारोबार संकेत प्रदान गरेको छ।

बुधबार स्पेसल प्रि–ओपन सेसन यी तीनै कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछन्।

प्रकाशित : २७ मंसिर २०७९, मंगलवार १६:०१