नेप्सेमा सामान्य अंकको करेक्सन, कारोबार रकम ७७ करोडमा खुम्चियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेमा सामान्य अंकको करेक्सन, कारोबार रकम ७७ करोडमा खुम्चियो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक २.५७ अंक घटेर १८९९.७० बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.६३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.३३ अंकले गिरावट आएको छ । मंगलबार कारोबारमा आएका २४८ कम्पनीको २० लाख ५८ हजार कित्ता शेयर ७७ करोड ७० लाख ८९ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम खुम्चिएको छ । सोमबार एक अर्ब ३६ करोड ६० लाख १० हजार रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार, शेयर बजारमा गिरावट आउँदा नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत १७.५३, माइक्रोफाइनान्स ६.४६, म्युचुअल फण्ड ०.१२ र निर्जीबन बीमा २६.०२ अंकले बढेको छ । त्यस्तै, बैकिङ समूहको ४.८८, विकास बैंक ९.६१, वित्त कम्पनी १०.२७, जीबन बीमा १०.६६, उत्पादन तथा प्रशोधन २.८०, अन्य समूहको १३.६६ र ट्रेडिङ समूहको उपसूचक २.७५ अंकले घटेको छ ।

नेप्सेका अनुसार मंगलबार एक कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २२६०.२० रुपैयाँ पुगेको छ ।

आज तेह्रथुम पावर कम्पनी र सिंगटी हाइड्रो इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ७ करोड १७ लाख ५६ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलवार १५:३७