नयाँ सारथी र विजय लघुवित्तबीच मर्जर सम्झौता, आधारभूत शेयरधनीहरुको शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नयाँ सारथी र विजय लघुवित्तबीच मर्जर सम्झौता, आधारभूत शेयरधनीहरुको शेयर कारोबार रोक्का



काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । यी दुई बीच मंसिर २६ गते सोमबार एक आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको हो ।

मर्जर सम्झौता भएसँगै नयाँ सारथीले नेप्सेलाई आधारभूत सेयरधनीको शेयर कारोबार रोक्का गर्न अनुरोध गरेको छ । मर्जमा जाने कम्पनीहरुको शेयर लामो समयसम्म रोक्का नहुने प्रावधानले सर्वसाधारणलाई सजिलो भएको छ । बढीमा १५ दिनभन्दा कारोबार रोक्का हुँदैन ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलवार ११:२२