शेयर बजारमा फर्कियो रौनक, कारोबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

शेयर बजारमा फर्कियो रौनक, कारोबार रकममा पनि सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो कारोबार दिनमा दाेहोरो अंकले बढेको छ । सोमबार नेप्से १६.९७ अंक बढेर १९०२.२७ बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.५७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२९ अंकले बढेको छ ।सोमबार कारोबारमा आएका २४५ कम्पनीको ४४ लाख ७० हजार कित्ता शेयर एक अर्ब ३६ करोड ६० लाख १० हजार रुपैयाँमा खरिदबिक्री भएको छ । आइतबारको तुलनामा आज कारोबार रकममा सुधार आएको छ । आइतबार एक अर्ब १० करोड ३४ लाख ४ हजार रुपैंयामा कारोबार भएको थियो ।

सोमबार, शेयर बजारमा बृद्धि भएसंगै नेप्सेमा एक उपसमूह बाहेक १२ वटै उपसमूहमा हरियाली छाएको छ । आज बैकिङ समूहको उपसूचक ७.५९ अंकले घटेको छ भने विकास बैंक ६३.०२, वित्त २७.४६, होटल २८.१६, जीवन बीमा ७०.८५, उत्पादन तथा प्रशोधन ८७.२०, माइक्रोफाइनान्स ३१.६५, निर्जीबन बीमा ३०.७३, जलविद्युत ३०.९२, अन्य ८७.३८ र ट्रेडिङ समूहको उपसूचक उपसूचक ३.६५ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । सोमबार समिट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११६६.२० रुपैयाँ पुगेको छ भने सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २०५४.८० रुपैयाँ पुगेको छ ।

आज ग्लोबल आईएमई ब्यालेन्स फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब १० प्रतिशतले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज २१ करोड ३२ लाख ४१ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २६ मंसिर २०७९, सोमबार १५:४५