काठमाडौं । एभरेष्ट बैंकको सोमबार सम्पन्न भएको २८ औं वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ। सभाले सेयरधनिलाई २०.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
बैंकको सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
Comment