सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख २०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ७०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ।अघिल्लो दिन तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : २६ मंसिर २०७९, सोमबार १२:३०